धनुषामा छुरा प्रहारबाट एक युवक घाइते
काठमाडाैं | चैत ३, २०७९
ढल्केबर: धनुषाको मिथिला नगरपालिका–९, बडहरीका २५ वर्षीय युवा शङ्कर महतोमाथि शुक्रवार बिहान छुरा प्रहार भएको छ । छुरा प्रहारबाट महतो गम्भीर घाइते भएका छन् ।
उनको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेजमा भइरहेको प्रहरीले जानकारी दिएको छ । इलाका प्रहरी कार्यालय ढल्केबरका प्रहरी निरीक्षक कविन राईले छुरा प्रहार घटनाको पुष्टि गर्नुहुँदै अनुसन्धानको क्रममा तीन जनालाई नियन्त्रणमा लिइएको बताउनुभयो ।
उहाँले घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।
काठमाडौं: पछिल्ला केही दिनयता स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार बढिरहेकामा आज पनि दुवै धातुको मूल्य घटेको छ । आज छापावाल सुनको मूल्य प्रतितोला दुई लाख ५९ हजार ६०० रुपैयाँ र त्यति नै ...
पोखरा: सामाजिक क्षेत्रमा क्रियाशिल युनाइटेड क्लबको आयोजनामा यही पौष २९ गतेदेखि १४ औं संस्करणको पोखरा महोत्सवको आयोजना हुने भएको छ । उक्त महोत्सव माघ ११ गतेसम्म चल्ने आज आयोजित ...
काठमाडौं: प्रधानमन्त्री सुशीला कार्कीले वर्तमान सरकारलाई सुशासनको जग बसाल्ने र फागुन २१ गते निर्वाचन सम्पन्न गर्ने स्पष्ट कार्यादेश दिइएको बताउँदै त्यसतर्फ सरकार गम्भीरतापूर्वक अघि बढिरहेको बताउनुभएको छ। ...

